रोयल इन्फिल्ड ‘वान राइड’मा देशभरका १५ सयभन्दा बढी राइडर सहभागी

रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वान राइड’ मा देशभरबाट १ हजार ५०० भन्दा बढी राइडर सहभागी भएको कम्पनीले जनाएको छ। देशका विभिन्न स्थानमा एकैसाथ भएको यस राइडमा काठमाडौंमा मात्रै ६०० भन्दा बढी राइडर सामेल भएका थिए। काठमाडौंको राइड कमलादीको प्रज्ञा भवनबाट सुरु भएर गोदावरीको बेस्ट वेस्टर्न प्लसमा टुंगिएको छ।
देशभरका २२ अधिकृत डिलर लोकेसनबाट राइडर यस कार्यक्रममा सहभागी भएका थिए। सोही अवसरमा कम्पनीले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ। सहयोग रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले एसोसिएसनका अध्यक्ष रमेश तामाङसहितलाई हस्तान्तरण गर्नुभएको हो।
राइडिङलाई मोटरसाइकल र यात्रामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व तथा समुदायसँगै जोड्दै लैजाने पौडेलले बताउनुभएको छ। आगामी दिनमा पनि यस्ता सामाजिक तथा सामुदायिक गतिविधि निरन्तर गर्ने उहाँको भनाइ छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

