पोखरामा विद्यार्थी बोकेको स्कुल बस भीरबाट खस्यो, १८ जनाको उद्धार

कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा आज बिहान विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग२ख १४१७ नम्बरको बस ओख्ले भीरबाट सडकभन्दा करिब २०० मिटर तल खसेको हो।
बसमा कालिका बोर्डिङ स्कुलका विद्यार्थी सवार थिए। प्रारम्भिक तथ्यांकअनुसार बसमा चालक र सहचालकसहित २५ जना सवार थिए। बसले कक्षा १० का विद्यार्थीलाई ट्युसन पढाउन विद्यालय ल्याउँदै थियो।
कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार हालसम्म १८ जनाको उद्धार गरी अस्पताल पठाइएको छ। उद्धार गरिएकामध्ये १६ जना अस्पताल पुगिसकेका छन् भने दुई जनालाई अस्पताल लैजाँदै गरिएको प्रहरीले जनाएको छ।
प्राप्त पछिल्लो जानकारीअनुसार दुर्घटनामा ३ जनाको मृत्यु भएको बताइएको छ। घटनास्थलमा उद्धार कार्य जारी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

