१८ असोज २०८३ English
English

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा इन्धन अभाव, विकास निर्माणका काम प्रभावित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा इन्धन अभाव, विकास निर्माणका काम प्रभावित
तस्बिर: रातोपाटी

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ इन्धनको अभाव हुन थालेको छ।

इन्धन अभावका कारण राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको निर्माण काम प्रभावित भएको छ। त्यसैगरी सङ्घ र प्रदेशलगायतका तहबाट सञ्चालित विकास निर्माणका आयोजनाका काम पनि प्रभावित भएका छन्।

बेनी–जोमसोम सडक मुस्ताङलाई जोड्ने प्रमुख सडक हो। उक्त सडक अवरुद्ध भएपछि जिल्लामा इन्धनको आपूर्ति प्रभावित भई अभाव देखिन थालेको हो।

सडक नखुलेसम्म इन्धन अभावका कारण जिल्लामा सञ्चालित निर्माणका कामहरू प्रभावित हुने देखिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार