३० असोज २०८३ English
English

अन्तरदेशीय विद्युत् व्यापारमा पहिलोपटक निजी क्षेत्रलाई बाटो खुला

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अन्तरदेशीय विद्युत् व्यापारमा पहिलोपटक निजी क्षेत्रलाई बाटो खुला

YouTube मा सब्स्क्राइब

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि सैद्धान्तिक सहमतिसहितको आशयपत्र दिने निर्णय गर्नुभएको छ। यससँगै बिजुली व्यापारमा निजी क्षेत्रको सहभागिताको बाटो पहिलोपटक खुलेको छ। मन्त्रालय स्रोतका अनुसार निवेदन दिने सबै १२ कम्पनीले आशयपत्र पाएका छन्।

तीमध्ये ग्रिन इनर्जी पावर ट्रेडिङ, नेपाल पावर ट्रेडिङ एन्ड म्यानेजमेन्ट लिमिटेड, नेपाल पावर एक्सचेन्ज अर्थात् नेपेक्स, एसियन पावर ट्रेडिङ कम्पनी र एभरेष्ट पावर ट्रेडिङ पनि छन्। अहिलेसम्म आयोजना निर्माण र उत्पादनमा मात्र सीमित निजी कम्पनीले अब देशभित्र र बाहिर बजार खोज्न, खरिदकर्ता र साझेदार पहिचान गर्न तथा खरिदबिक्री सम्झौताको तयारी गर्न पाउनेछन्। आशयपत्र पाएका कम्पनीले प्राविधिक, वित्तीय र व्यावसायिक सम्भाव्यता अध्ययन गर्न तथा बजारको माग र मूल्य बुझ्न सक्नेछन्।

तर आशयपत्रकै भरमा बिजुली किनबेच गर्न पाइने छैन। औपचारिक कारोबार सुरु गर्न कानुनबमोजिम छुट्टै अनुमतिपत्र र स्वीकृति लिनुपर्नेछ। यो निर्णयलाई निजी लगानीको दायरा बढाउने र ऊर्जा क्षेत्रमा संरचनात्मक सुधार ल्याउने कदमका रूपमा हेरिएको छ।

स्रोत

सम्बन्धित समाचार