बागलुङमा बाढीपहिरोबाट १३ जनाको मृत्यु, मुख्य सडकमा मात्रै ५० करोड रुपैयाँ क्षति

बागलुङमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ।
बाढीपहिरोले जिल्लाका सडक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। मुख्य सडकमा मात्रै ५० करोड रुपैयाँ बराबरको क्षति भएको सडक डिभिजन कार्यालयले जनाएको छ।
बाढी र पहिरोले क्षतविक्षत बनेका बागलुङका सडकको पुनर्निर्माण गर्न १ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ।
पछिल्लो मनसुनजन्य विपद्ले बागलुङसहित देशका विभिन्न जिल्लामा सडक आवागमन तथा पूर्वाधारमा असर पुर्याएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


