९ असोज २०८३ English
English

असोज ९–११ मा अति भारी वर्षाको विशेष चेतावनी, राति यात्रा नगर्न आग्रह

· १ मिनेट पढाइ
असोज ९–११ मा अति भारी वर्षाको विशेष चेतावनी, राति यात्रा नगर्न आग्रह
तस्बिर: सेतोपाटी

मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका धेरै भागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। सोमबार अपराह्न निकालिएको विशेष बुलेटिनअनुसार उत्तर अन्डमान सागरमा बनेको न्यून चापीय प्रणाली अहिले बङ्गालको खाडीको बीच भागमा पुगेको छ। यो प्रणाली अझ शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दा बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकीमा वर्षा बढ्ने महाशाखाले जनाएको छ।

शुक्रबारदेखिका तीन दिन गण्डकी र लुम्बिनीका केही ठाउँमा चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी पानी पर्न सक्छ भने एक–दुई ठाउँमा अति भारी वर्षा हुन सक्छ। मधेश, कोशी, बागमती र सुदूरपश्चिमका थोरै ठाउँमा भारीदेखि धेरै भारी तथा कर्णालीका केही ठाउँमा भारी वर्षाको अनुमान छ। देशका अधिकांश भागमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्छ।

उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना पनि महाशाखाले औँल्याएको छ। मौसमविद्हरूले भने आगामी दिनमा यो प्रणालीको दिशा, गति र शक्ति फेरिन सक्ने बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस्तो वर्षाले बाढी, पहिरो र गेग्रान बहाव ल्याउन सक्छ भने सहर र तराईमा डुबान हुन सक्छ।

प्राधिकरणले अत्यावश्यक कामबाहेक लामो दूरी र रातिको यात्रा नगर्न आग्रह गरेको छ।

यो समाचार भिडियोमा

असोज ९–११ मा अति भारी वर्षाको विशेष चेतावनी, राति यात्रा नगर्न आग्रह

स्रोत

सम्बन्धित समाचार