१३ असोज २०८३ English
English

आज देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आज देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
तस्बिर: इमेजखबर

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यी दुवै वायु कमजोर बन्दै गएका छन्।

गत बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि देशका धेरै ठाउँमा मौसम खुलेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा छिटफुटबाहेक पानी परेको छैन।

मौसम खुलेसँगै आजदेखि तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार