१६ असोज २०८३ English
English

विश्वकप लिग–२ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा, कप्तान सन्दीप लामिछाने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विश्वकप लिग–२ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा, कप्तान सन्दीप लामिछाने
तस्बिर: रातोपाटी

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।

टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। घोषित टोलीमा ओपनर कुशल भुर्तेल परेका छैनन्।

ओमानमा हुने यो शृङ्खलामा आयोजक ओमान, क्यानडा र नेपाल सहभागी हुनेछन्। प्रतियोगिता अक्टोबर ९ देखि १९ सम्म सञ्चालन हुनेछ।

यो शृङ्खला आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुन लागेको हो। शृङ्खलाका लागि टोली घोषणा गर्दै क्यानले कप्तानसहित १५ खेलाडीको नाम सार्वजनिक गरेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार