२६ असोज २०८३ English
English

उपत्यकामा ग्यास सिलिन्डर साटफेर केन्द्र ६ बाट बढेर ११ पुगे

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
उपत्यकामा ग्यास सिलिन्डर साटफेर केन्द्र ६ बाट बढेर ११ पुगे

YouTube मा सब्स्क्राइब

काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने केन्द्र ६ बाट बढाएर ११ पुर्‍याइएको छ। नेपाल एलपी ग्यास उद्योग संघले सोमबारदेखि यी केन्द्र थप गरेको जनाएको छ। दसैंमा उपभोक्तालाई सहज होस् भनेर आइतबारदेखि सुरु गरिएको यो व्यवस्था नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा लागू गरिएको हो।

नयाँ थपिएका केन्द्रमा बूढानीलकण्ठको चपलीमा भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसीबजारमा सीताश्री ग्यास र सतुंगलमा श्रीमाया ग्यास छन्। यसअघिदेखि नै बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि, पेप्सीकोला, सिफलचौर, सुकेधारा, कलंकी र हरिसिद्धिमा साटफेर भइरहेको छ। उपभोक्ताले हरेक दिन बिहान ११ बजेदेखि अपराह्न साढे ४ बजेसम्म तोकिएका केन्द्रमा सिलिन्डर साट्न सक्नेछन्।

संघका अनुसार यो सुविधा असोज ३० गतेसम्म उपलब्ध हुनेछ। फरक कम्पनीको सिलिन्डर साट्दा अतिरिक्त शुल्क तिर्नुपर्दैन। केन्द्रहरूमा उपभोक्ताको भीड लागेको छ, सिफलमा सोमबार बिहान ४–५ बजेदेखि नै उपभोक्ता लाइनमा बसेका थिए।

त्यहाँ करिब ५ सय सिलिन्डर लाइनमा राखिएका थिए र सिलिन्डर बोकेको ट्रक आइपुगेपछि मध्याह्न १२ बजेपछि मात्र वितरण सुरु भएको थियो।

स्रोत

सम्बन्धित समाचार