२६ असोज २०८३ English
English

हिमपर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हिमपर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई

YouTube मा सब्स्क्राइब

हिमपर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि प्राथमिक सेयर अर्थात् आइपीओ बिक्री खुला गर्ने भएको छ। बिक्री प्रबन्धकका अनुसार पहिलो चरणमा आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउनेछन्। कम्पनीले जारी पुँजीको ३५ प्रतिशत, अर्थात् करिब ५९ करोड रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

तीमध्ये प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ९० हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको छ। दोलखाको बिगु गाउँपालिकाका वडा ५ देखि ८ र कालिन्चोक गाउँपालिकाका वडा २ देखि ४ का स्थायी बासिन्दाले १० लाख १४ हजार कित्ता पाउनेछन्। ती दुई गाउँपालिकाका बाँकी वडाका बासिन्दाका लागि ६ लाख ७६ हजार कित्ता राखिएको छ।

प्रभावित क्षेत्रका स्थानीयका लागि बिक्री छिटोमा कात्तिक २५ गते बन्द हुनेछ। सर्वसाधारण लगानीकर्ताका लागि पनि छुट्टै सेयर छुट्याइएको छ।

स्रोत

सम्बन्धित समाचार