दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरूले यसबारे जानकारी दिएका हुन्।
सञ्चारमाध्यमका अनुसार पाटेकर भारतको गोवाको डोना पाउलामा रहेको आफ्नै घरमा बेहोस अवस्थामा भेटिएका थिए। उनलाई तुरुन्तै नजिकैको अस्पताल लगिएको थियो।
समाचारअनुसार उनको निधन कार्डियक अरेस्टबाट भएको हो। भारतीय पत्रिका दैनिक भास्करका अनुसार उनलाई हृदयघात भएको थियो। चिकित्सकहरूले ४५ मिनेटसम्म सीपीआर दिए पनि उनलाई बचाउन सकिएन।
पाटेकर बलिउडका वरिष्ठ अभिनेता थिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


