पोखरामा त्रिकोणात्मक टी–२० सिरिज सुरु, गण्डकीले भुटानलाई ८ विकेटले हरायो

नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक क्रिकेट टिम र क्यान–११ बीचको मैत्रीपूर्ण टी–२० क्रिकेट सिरिज मंगलबारदेखि पोखरामा सुरु भएको छ। सिरिजको सुरुवाती खेलमा गण्डकीले विजय हासिल गरेको छ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले भुटानको राष्ट्रिय पुरुष टिमलाई ८ विकेटले पराजित गरेको हो। भुटानले दिएको ९७ रनको लक्ष्य गण्डकीले ११ ओभरमा पूरा गरेको थियो।
भुटानको टिम आईसीसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल छनोट ‘ए’ अघि अभ्यास खेलका लागि पोखरा आएको हो। सिरिजमा भुटान, गण्डकी र क्यान–११ का टिमहरू सहभागी छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


