फ्लाइदुबई विमानको ककपिटमा पाइलटबीच झडप, साउदी अरबमा आपत्कालीन अवतरण

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको एफजेड १०७३ उडानलाई आपत्कालीन अवस्थामा साउदी अरबमा अवतरण गराइएको छ। बुधबार विमानले आपत्कालीन सङ्केत पठाएपछि त्यसलाई साउदी अरबमा अवतरण गराइएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ककपिटमा रहेका दुई पाइलटबीच झडप भएको थियो र एक पाइलट घाइते भएका छन्। सहपाइलटले क्याप्टेनमाथि धारिलो हतियार प्रहार गरेको समाचारमा उल्लेख छ।
करिब ३३ हजार फिटको उचाइमा उडिरहेको विमान एक मिनेटभन्दा कम समयमा करिब १७ हजार फिटसम्म तल झरेपछि यात्रुहरूमा त्रास फैलिएको थियो। विमानमा करिब १८० यात्रु रहेको जनाइएको छ, जसमध्ये अधिकांश इजरायली थिए।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक पाइलटले अर्को पाइलटलाई छुरा हानेर विमान दुर्घटना गराउने प्रयास गरेको दाबी गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


