धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङ लाग्दा सात जना घाइते
कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लाग्दा सात जना घाइते भएका छन्। उनीहरू घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्काबाट घाइते भएका हुन्।
प्रहरीका अनुसार घटना मंगलबार राति करिब ९:३० बजे स्थानीय खुशिलाल चौधरीको घरको छतमा भएको हो। जन्मदिन मनाउन भेला भएको ठाउँ नजिकै चट्याङ परेको थियो।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
चट्याङबाट घाइते हुनेमा जन्मदिन मनाउन छतमा भेला भएका सात जना रहेको स्रोतहरूले जनाएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


