प्रभु बैंकका सीईओ सुमन शर्मा २ लाख रुपैयाँ धरौटीमा रिहा

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
पर्सा जिल्ला अदालतका न्यायाधीश देवीकुमार चौधरीको इजलासले शर्मालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनी ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा प्रहरी नियन्त्रणमा थिए। धरौटीमा रिहा भएसँगै उनले बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन्।
तत्कालीन सनराइज बैंकमा कार्यरत रहँदा धितो रोक्का राखेर पनि कर्जा निकासा नगरेको र धितो लिलाम गरेको प्रकरणमा उनी पक्राउ परेका थिए।
अदालतले आदेशमा ‘अहिले नै निज कसुरदार होइनन् भन्न सक्ने स्थिति देखिएन’ भनेको छ। बयानका क्रममा शर्माले आफू कुनै निर्णयमा सहभागी नभएको बताएका थिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


