१२ असोज २०८३ English
English

राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध पार्टीकै ७ प्रदेश सांसदद्वारा गाली बेइज्जतीको मुद्दा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध पार्टीकै ७ प्रदेश सांसदद्वारा गाली बेइज्जतीको मुद्दा
तस्बिर: रातोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर भएको छ। बागमती प्रदेशका ७ जना सांसदले आफ्नै पार्टी अध्यक्षविरुद्ध हेटौँडामा अदालतमा मुद्दा दायर गरेका हुन्।

मुद्दा दायर गर्नेमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरू गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती र राजु विष्ट रहेका छन्।

त्यस्तै, सांसदहरू मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ पनि मुद्दा दायर गर्नेमा छन्।

पार्टीकै प्रदेश सांसदहरूले अध्यक्षविरुद्ध अदालत गुहारेसँगै यो विषय राप्रपाभित्रको विवादका रूपमा सार्वजनिक भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार