सशस्त्रका निलम्बित एआईजी वंशीराज दाहालमाथि छानबिन गर्ने जिम्मा एआईजी अन्जनीकुमार पोखरेललाई

गोप्य सूचना चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन गर्ने जिम्मा अर्का एआईजी अन्जनीकुमार पोखरेललाई दिइएको छ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत एआईजी पोखरेललाई जाँचबुझ अधिकृत तोकेको हो। दाहालमाथि लागेको आरोपबारे जाँचबुझ गरी तीन दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउन भनिएको छ।
सुरक्षासँग सम्बन्धित ‘संवेदनशील सूचना चुहाएको’ आरोपमा गृह मन्त्रालयले सोमबार साँझ एआईजी दाहाललाई निलम्बन गरेको थियो। सेतोपाटीका अनुसार चोलेन्द्र र इनामसँगको सम्पर्कका कारण उनी निलम्बनमा परेका हुन्।
जाँचबुझ अधिकृतको प्रतिवेदन आएपछि दाहालमाथि लागेको आरोपबारे मन्त्रालयले थप निर्णय गर्नेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


