देशभर बदली, कैलालीमा १०० मिलिमिटर वर्षा; आज र भोलि पनि पानी पर्ने सम्भावना
देशका अधिकांश भूभागमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ। कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनीको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव छ।
गएराति बागमती प्रदेशदेखि पश्चिमका धेरैजसो ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कैलालीमा १०० मिलिमिटर वर्षा मापन भएको छ। कैलाली, बर्दिया र दाङमा भारी वर्षा भएको हो।
मनसुन नेपालबाट बाहिरिने क्रम सुरु भए पनि वर्षाको गतिविधि बढेको छ। आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
देशभर बदली रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना छ। केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
