१५ असोज २०८३ English
English

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालनमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालनमा
तस्बिर: सेतोपाटी

वर्षाका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। सडकमा खसेको पहिरो पन्छाएपछि करिडोर फेरि खुलेको हो।

कालीगण्डकी करिडोरको गुल्मी क्षेत्रअन्तर्गत पर्ने हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

पछिल्ला दिनमा भएको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। तीमध्ये अवरुद्ध रहेका केही सडकखण्डमा यातायात फेरि सञ्चालनमा आउन थालेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार