तिनाउ नदीको बाढीले बुटवलमा ६ घर बगायो, एक हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ। चार दिनदेखि लगातार परेको वर्षापछि शनिबार राति नदीमा बाढी बढेको थियो।
इलाका प्रहरी कार्यालयका अनुसार बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको हो। बस्ती सुरक्षित गर्न लगाइएको तटबन्ध भत्काएर बाढी बस्तीतर्फ पसेको थियो। सुरुमा दुई घर बगाएको र तीन घरमा क्षति पुगेको खबर आएको थियो।
पूर्वसूचनाका आधारमा नदी छेउका एक हजारभन्दा बढी मानिसलाई पहिले नै सुरक्षित स्थानमा सारिएकाले कुनै मानवीय क्षति भने भएन।
बाढीका कारण नदी किनारको बस्ती अझै जोखिममा रहेको जनाइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


