१९ असोज २०८३ English
English

नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द
तस्बिर: रातोपाटी

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महोत्तरीको पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ।

सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने प्रमुख प्रशासकीय अधिकृत पालिकामै बसेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। ती कर्मचारी सरुवा भएको निकायमा हाजिर नगरी गाउँपालिकामै कार्यरत रहँदै आएका थिए।

मन्त्रालयले नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत गाउँपालिकाले हाजिर गराएको थिएन।

मन्त्रालयको निर्देशन अटेर गरिएपछि मन्त्री रावलले गाउँपालिकाको प्रशासनिक अधिकार खोसेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार