१२ असोज २०८३ English
English

नारायणी पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नारायणी पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु
तस्बिर: रातोपाटी

नारायणी नदीको बाढीले बगाएर पुलमुनि अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ। नदीमा पानीको बहाव केही घटेपछि क्रुजलाई सुरक्षित रूपमा निकाल्ने प्रयास थालिएको हो।

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ बोटेटोलस्थित होटल रिभर क्राउनको यो क्रुज बाढीले बगाएर नारायणी पुलको दायाँपट्टिको एबुटमेन्ट र पियरबीच अड्किएको थियो। यसलाई नेपालकै पहिलो ठूलो क्रुज भनिएको छ।

क्रुज निकाल्ने प्रयास आज बिहानदेखि पुनः सुरु गरिएको छ। प्राविधिक टोलीले पुलका पिलरमा कम क्षति पुग्ने गरी क्रुज निकाल्ने तयारी गरिरहेको छ। पुलमा कुनै क्षति नपुग्ने गरी क्रुज हटाउन ट्र्याक र प्लेटफर्म बनाउने काम भइरहेको छ भने आवश्यक यान्त्रिक उपकरणसमेत तैनाथ गरिएको छ। क्रुज निकाल्न सुरक्षाकर्मी पनि परिचालन गरिएका छन्।

यसैबीच चितवनको नारायणघाट र पूर्वी नवलपरासीको गैँडाकोट जोड्ने नारायणी पुलमा ठूला गाडीबाहेकका सवारीसाधनलाई आवतजावत खुला गरिएको प्रहरीले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार