सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो, चाँदी ३५ रुपैयाँले घट्यो

स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन बुधबारको तुलनामा यो मूल्य ५०० रुपैयाँले बढी हो।
यस्तै, चाँदीको मूल्य आज ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ।
साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य सामान्य बढेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


