९ असोज २०८३ English
English

सरकारले अरूको काममा जस लिन खोज्यो: एमाले महासचिव पोखरेल

· १ मिनेट पढाइ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले हाल सरकारले बाँडिरहेका जग्गाधनी पुर्जा पहिलेका आयोगहरूले गरेको कामको नतिजा भएको दाबी गर्नुभएको छ। भूमि अधिकार तथा श्रमिक संगठन नेपालको १५औँ स्थापना दिवसका अवसरमा बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भूमि समस्या समाधानका प्रयास, उपलब्धि र चुनौतीबारे आयोजित अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको छ। रास्वपा नेतृत्वको सरकारले अरूको काममा आफ्नो अनुहार देखाएर जस लिन खोजेको उहाँको आरोप छ।

उहाँका अनुसार विगतमा बनेका भूमि समस्या समाधान आयोग, समिति तथा कार्यदलले अघि बढाएको प्रक्रियाकै परिणामस्वरूप अहिले पुर्जा वितरण भइरहेको छ। ती निकायले जग्गाको नापजाँच, कित्ताकाट र कागजात व्यवस्थापनको काम सकेर निर्णयको अन्तिम चरणसम्म पुर्‍याएका ठाउँमै हाल पुर्जा बाँडिँदै छ। काठमाडौँ उपत्यकाबाहिरबाट वितरण सुरु हुनुको कारण पनि त्यही भएको उहाँको भनाइ छ।

सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा सरकारले नै नयाँ ढंगले पुर्जा बाँडेको प्रचार भइरहेको भन्दै उहाँले विगतको कामको निरन्तरता स्वीकार्न सरकार तयार नभएको बताउनुभएको छ। बागमती किनारबाट हटाइएका सुकुम्बासीलाई पुर्जा दिएर वितरण थालेको भए मात्र वर्तमान सरकारले त्यसलाई आफ्नो उपलब्धि भन्न सक्ने उहाँको तर्क छ।

स्रोत

सम्बन्धित समाचार