दसैँ मनाएर काठमाडौं उपत्यका फर्किनेको संख्या बढ्यो, प्रमुख नाकामा सवारीको चाप

दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका छन्। त्यसैले उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारीको चाप बढ्न थालेको छ।
दसैँको टीका र आशीर्वाद थापेर घरबाट फर्किनेहरूको संख्या बढ्दै गएको छ। बडादसैँको टीकापछि पृथ्वी राजमार्गमा पनि सवारीको चाप बढेको छ।
दसैँ मनाएर काठमाडौं फर्किने यात्रु र आफन्त तथा इष्टमित्रसँग आशीर्वाद लिन हिँड्नेहरूले राजमार्गमा चहलपहल बढाएका छन्। जन्मथलोबाट कर्मथलो फर्किनेहरूको घुइँचो तस्बिरहरूमा पनि देखिएको छ।
दसैँका लागि उपत्यकाबाट धेरै मानिस आफ्नो घर गएका थिए। टीका सकिएपछि उनीहरू कर्मथलो फर्किन थालेका हुन्। त्यसैले उपत्यका आउने नाका र राजमार्गमा सवारी साधनको आवागमन बढेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

