११ असोज २०८३ English
English

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन
तस्बिर: रातोपाटी

मनाङको नार–फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना आरोही तथा सहयोगीहरू सम्पर्कविहीन भएका छन्।

एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालले यसबारे जानकारी दिएको छ। हिमलुङ हिमालको आधार शिविरमा आइतबार बिहान ठूलो हिमपहिरो गएको हो।

लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोले आधार शिविरका टेन्टहरू पुरिएका छन्। कम्तीमा १० जना सम्पर्कविहीन भएको जनाइएको छ।

सम्पर्कविहीन भएकाहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार