तनहुँ र नवलपुर जोड्ने कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ। पहुँच सडकको मर्मत काम सुरु भएको छ।
यही असोज ११ को बाढीले पहुँच सडक क्षतिग्रस्त बनाएपछि पुलबाट सवारीसाधन सञ्चालन हुन सकेको छैन। यसका कारण तनहुँ हुँदै नवलपुर जाने तथा नवलपुरबाट तनहुँ हुँदै पोखरा आउने सवारीसाधनको आवागमन प्रभावित हुँदै आएको छ।
हालैको बाढीबाट तनहुँमा सार्वजनिक संरचनामा व्यापक क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण प्रक्रिया सम्बन्धित निकायले प्रारम्भ गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

