१८ असोज २०८३ English
English

कांग्रेस महाधिवेशन : शंकर तिवारीद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशन : शंकर तिवारीद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा
तस्बिर: अनलाइनखबर

नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

युवा विश्लेषकसमेत रहेका तिवारीले आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरेर महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

उनले कांग्रेसको रूपान्तरण र रक्षाका लागि आफ्नो उम्मेदवारी रहेको बताए। सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेसको विचारलाई सशक्त बनाउन आफू उम्मेदवार बनेको उनको भनाइ छ।

कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनलाई लक्षित गर्दै विभिन्न नेताहरूले पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार