बाढीले क्षति पुर्याएको मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलमा क्षति पुर्याएको थियो।
सडक डिभिजन कार्यालयका अनुसार पुललाई दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्यसहित मर्मतको काम अघि बढाइएको हो। पुलमा २४सै घण्टा काम भइरहेको जनाइएको छ।
बाढीले पुलमा क्षति पुर्याएपछि सुरुमा दुई जिल्लाबीच सम्पर्कविच्छेद भएको थियो। अहिले भने वैकल्पिक मार्गबाट आवतजावत भइरहेको छ।
दसैँका बेला यात्रुको चाप बढ्ने भएकाले पुल समयमै सञ्चालनमा आए बागलुङ र पर्वतबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


