बागलुङमा पहिरोबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, बेपत्ता महिलाको शव फेला

बागलुङमा असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।
असोज ११ गते गएको पहिरोमा बेपत्ता भएकी तमानखोला गाउँपालिका–४ की एक महिलाको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण देशभर २७ जनाको मृत्यु भएको जनाएको थियो। प्राधिकरणका अनुसार त्यसमध्ये बागलुङमा मात्रै १२ जनाको ज्यान गएको थियो।
उक्त वर्षाका कारण देशभर १० वटा पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ। बेपत्ता महिलाको शव फेला परेपछि बागलुङमा पहिरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


