१९ असोज २०८३ English
English

बागलुङमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बागलुङमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
तस्बिर: देशसञ्चार

बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ। घटनामा एक जना मजदुर गम्भीर घाइते भएका छन्।

सोमबार बिहान करिब ७:२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा जेसिबीले सडक खनिरहेका बेला अचानक माटोको ढिस्को खसेको थियो। ढिस्कोमा तीन जना मजदुर पुरिएका थिए।

पुरिएका तीनमध्ये दुई जनाको मृत्यु भएको छ भने एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। घाइतेमा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती रहेका छन्।

घाइते घर्तीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार