१२ असोज २०८३ English
English

गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गर्ने व्यक्ति पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गर्ने व्यक्ति पक्राउ
तस्बिर: नेपाल प्रेस

गृहमन्त्री सुधन गुरुङको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको भन्दै अडियो संवाद गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्ति बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ घर भएका हुन्। उनी हाल कागेश्वरी मनोहरामा बस्दै आएका थिए। गृहमन्त्रीका मान्छेसँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको र अडियो संवादमार्फत भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

प्रहरीले उनको रेकर्ड हेर्दा उनीमाथि यसअघिका ६ वटा मुद्दा रहेको फेला परेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार