दसैँमा मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यो जानकारी दिएको हो।
चाडपर्वका बेला यात्रुको चाप बढेका समयमा ट्राफिक प्रहरीले मादक पदार्थ (मापसे) र लागुपदार्थ (लापसे) सेवन गरी सवारी चलाउनेमाथि निगरानी गरेको थियो। यही क्रममा उक्त सङ्ख्यामा चालक कारबाहीमा परेका हुन्।
यसैबीच, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउनेसहित विभिन्न नियम उल्लङ्घन गर्ने सवारीसाधन कारबाहीमा परेका हुन्।
दसैँ मनाएर उपत्यका फर्किने यात्रुको सङ्ख्या बढ्न थालेसँगै प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


