चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता, २८ जनाले त्यागे

चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्मका तीन महिनामा तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त नागरिकता वितरण गरिएको हो।
यसै अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ।
तीन महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट २८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्।
साउनदेखि असोजसम्मको यो विवरण चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


