तीनकुने आन्दोलन: मानव अधिकार आयोगले चार सुरक्षा अधिकारीलाई कारबाही गर्न सिफारिस गर्यो

२०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनमा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्ष छ। सोही आधारमा आयोगले चार सुरक्षा अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ। घटनामाथि छानबिन गरेको आयोगले प्रतिवेदन सार्वजनिक गर्दै काठमाडौँका तत्कालीन सुरक्षा अधिकारीलाई कारबाही गर्न भनेको हो।
आयोगका अनुसार आन्दोलनका क्रममा म्याद गुज्रिएका अश्रुग्यास प्रहार गरिएका थिए। यसलाई ध्यानमा राख्दै आयोगले सुरक्षा निकायलाई स्रोतसाधनयुक्त बनाउन भनेको छ।
तत्कालीन सरकार प्रमुख ओली र मन्त्रीहरूले फरक आस्था र विचार राख्ने दल तथा समूहप्रति घृणाजन्य अभिव्यक्ति दिएको निष्कर्ष पनि आयोगले निकालेको छ। यस्तो अभिव्यक्ति नदिन आयोगले ध्यानाकर्षण गराएको छ।
आयोगले घटनासम्बन्धी प्रतिवेदनमा सुरक्षा योजना कार्यान्वयन, प्रयोग गरिएका सामग्री र तत्कालीन सरकारका पदाधिकारीको अभिव्यक्तिबारे आफ्ना निष्कर्ष र सिफारिस समेटेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

