७३ प्रतिशत ग्राहकले अझै काउन्टरमै तिर्छन् बिजुली महसुल, उठाउन मात्रै वर्षमा ६० करोड खर्च

डिजिटल प्रविधिको तीव्र विकास भइसक्दा पनि ७३ प्रतिशत नागरिकले अझै भौतिक रूपमै लाइन लागेर बिजुलीको महसुल तिर्ने गरेका छन्। ऊर्जा मन्त्रालयले यस्तो जनाएको हो।
मन्त्रालयका अनुसार काउन्टरबाट महसुल उठाउन मात्रै वर्षमा करिब ६० करोड रुपैयाँ सञ्चालन खर्च लाग्ने गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले यो तथ्यांक सार्वजनिक गर्दै डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न नागरिकलाई अपिल गरेका छन्। डिजिटल युगमा पनि अधिकांश ग्राहक काउन्टरमै पुग्ने अवस्था सबै मिलेर बदल्नुपर्ने उनको भनाइ छ।
महसुल भुक्तानी डिजिटल माध्यमबाट हुन थालेमा काउन्टर सञ्चालनमा हुने खर्च घट्ने र ग्राहकलाई पनि लाइन बस्नुपर्ने झन्झट नहुने मन्त्रालयको अपेक्षा छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


