१३ असोज २०८३ English
English

कांग्रेस सभापति थापा काठमाडौं–४ बाट सर्वसम्मत, विश्वप्रकाश झापा–१ बाट निर्वाचित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस सभापति थापा काठमाडौं–४ बाट सर्वसम्मत, विश्वप्रकाश झापा–१ बाट निर्वाचित
तस्बिर: अनलाइनखबर

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टीको १५औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं. ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

त्यस्तै, कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा झापा क्षेत्र नं. १ बाट चुनाव जितेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। उनी उक्त क्षेत्रबाट सर्वाधिक मतसहित निर्वाचित भएका हुन्।

यसैगरी, पार्टीका महामन्त्री प्रदीप पौडेल काठमाडौं क्षेत्र नं. ५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया जारी छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार