१९ असोज २०८३ English
English

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजीमा, अस्ट्रेलियाको पनि भ्रमण गर्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजीमा, अस्ट्रेलियाको पनि भ्रमण गर्ने
तस्बिर: इमेजखबर

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी पुगेका छन्। मन्त्री खनालको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल फिजीको नादि अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको हो।

फिजी र टुभालुमा अक्टोबर ५ देखि यो कार्यक्रम आयोजना गरिएको छ। आज फिजीको नादिमा हुने कार्यक्रममा नेपालसहित विभिन्न मुलुकका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ।

कार्यक्रम जलवायु परिवर्तनसम्बन्धी विषयमा केन्द्रित छ। मन्त्री खनाल फिजीपछि अस्ट्रेलियाको पनि भ्रमण गर्ने कार्यक्रम छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार