बागलुङको निसीखोलामा पहिरोले घर पुरिँदा आमा र तीन छोराको मृत्यु

बागलुङको निसीखोला गाउँपालिका–३ हर्दरामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि माथिबाट अकस्मात् खसेको पहिरोले घर पुरिएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पहिरोमा परी श्यामकुमारी विक र उनका तीन छोराको मृत्यु भएको हो।
यस्तै, पाल्पामा पनि पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरो खसेको थियो।
यससँगै पाल्पा र बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ भने तीन जना बेपत्ता छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


