२० असोज २०८३ English
English

रसुवा बाढी: आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रसुवा बाढी: आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण

YouTube मा सब्स्क्राइब

विश्व बैंकले चालु आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ। भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीलाई बैंकले यो सुस्तीको मुख्य कारण मानेको छ। बाढीले उद्योग, सेवा, जलविद्युत् र यातायात पूर्वाधारमा अवरोध पुर्‍याएको बैंकको विश्लेषण छ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले प्रभावित व्यवसायीका लागि राहत र बेलआउट माग गरेका छन्। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रभावित परिवारलाई दसैँअघि नै सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको बताएका छन्। तातोपानी नाका सञ्चालनका लागि भने चीनबाट अझै स्वीकृति नआएको उनले जानकारी दिएका छन्।

स्रोत

सम्बन्धित समाचार