१३ असोज २०८३ English
English

सर्वोच्चबाट धरौटीमा छुट्ने आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले थुनामा पठायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सर्वोच्चबाट धरौटीमा छुट्ने आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले थुनामा पठायो
तस्बिर: अनलाइनखबर

सर्वोच्च अदालतबाट धरौटीमा रिहा हुने आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले थुनामा पठाएको छ।

बैंकिङ कसुरको मुद्दामा सर्वोच्च अदालतले अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार अग्रवाललाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै थुनामा पठाउने आदेश दिएको हो।

यससँगै सर्वोच्चबाट धरौटीमा छुट्ने आदेश पाए पनि अग्रवाल सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामै रहनेछन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार