जडीबुटी खोज्न मिमी पाटन गएका मुगुका दुई जनाको शव भेटियो

जडीबुटी खोज्न मिमी पाटन गएर बेपत्ता भएका मुगुका दुई जना मृत अवस्थामा भेटिएका छन्।
जडीबुटी संकलन गर्ने क्रममा असोज ११ गते दुई पक्षबीच झडप भएको थियो। त्यसपछि यी दुई जना बेपत्ता भएका थिए।
उनीहरूको खोजी गर्न जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो। सोही निर्णयअनुसार नेपाली सेनाको नेतृत्वमा २० सदस्यीय संयुक्त सुरक्षा टोली खटाइएको थियो। खोजीका क्रममा दुवैको शव भेटिएको हो।
दुई जनाको मृत्यु कसरी भयो भन्ने विषयमा थप विवरण अझै सार्वजनिक भएको छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

