राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान सिक्काका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्यो

नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो बोलपत्र आह्वान गरेको हो।
विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट सिक्का टकमारी गरी आपूर्ति गर्न बोलपत्र मागेको छ। यो बोलपत्र चलनचल्तीमा प्रयोग हुने दुई रुपैयाँ दरका सिक्काका लागि आह्वान गरिएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो