दसैंमा उपत्यकाबाट १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान, अग्रिम टिकट बुकिङ अझै टुंगिएन

असोज २५ गते घटस्थापनाबाट सुरु हुने दसैंमा काठमाडौं उपत्यकाबाट सार्वजनिक यातायातमार्फत १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ।
दसैंका लागि घर फर्कने यात्रुको चाप बढ्न थाले पनि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने विषय भने अझै टुंगो लाग्न सकेको छैन। यस विषयमा यातायात व्यवस्था विभागले सरोकारवाला पक्षसँग छलफल गरिरहेको छ।
अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी सुरु भएको छ। बुकिङ खुलाउने विषयमा आज निर्णय हुने जनाइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


