२३ असोज २०८३ English
English

बैंकहरूले उपमहानगर र नगरपालिकाका शाखा पनि गाभ्न पाउने, ४ शाखा बन्द गर्दा गाउँमा १ नयाँ खोल्नुपर्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बैंकहरूले उपमहानगर र नगरपालिकाका शाखा पनि गाभ्न पाउने, ४ शाखा बन्द गर्दा गाउँमा १ नयाँ खोल्नुपर्ने
तस्बिर: रातोपाटी

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना शाखा कार्यालय समायोजन गर्न थप सहज बनाएको छ। राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार महानगरपालिकाभित्रका शाखा समायोजन वा एकीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने छैन। उपमहानगरपालिका र नगरपालिकाभित्रका सहरी क्षेत्रका शाखा पनि आपसमा समायोजन तथा एकीकरण गर्न सकिने भएको छ।

तर नगरपालिकाका हकमा सर्त राखिएको छ। सहरी क्षेत्रका ४ वटा शाखा बन्द गर्दा ग्रामीण क्षेत्रमा एउटा नयाँ शाखा खोल्नुपर्ने व्यवस्था गरिएको छ। शाखा समायोजन गर्दा कर्मचारी हटाउन नपाइने पनि राष्ट्र बैंकले जनाएको छ।

विद्युतीय कारोबार बढेसँगै भौतिक शाखाहरू घटाउन सहज बनाउने उद्देश्यले राष्ट्र बैंकले यो व्यवस्था गरेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार