शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

शरद् ऋतुमा नेपालका ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ९१ वटा टोलीले अनुमति लिएका हुन्।
अनुमति लिनेमा ५८२ पुरुष र २०६ महिला छन्। आरोही ७० देशका हुन्। अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ११८ जना रहेका छन्।
यस शरद् ऋतुमा धेरै आरोहीको ध्यान मनास्लु हिमालमा केन्द्रित रहेको छ।
हिमाल आरोहण अनुमतिबापत यस शरद् ऋतुमा २४ करोड ७२ लाख रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


