२३ असोज २०८३ English
English

पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो, बेनी–जोमसोम–कोरला सडकमा सोमबारदेखि यातायात सञ्चालनको तयारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो, बेनी–जोमसोम–कोरला सडकमा सोमबारदेखि यातायात सञ्चालनको तयारी
तस्बिर: नागरिक

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ। पहुँचमार्ग जोडिएसँगै हलुका सवारीसाधन चल्न थालेका छन्।

पहुँचमार्ग बगाएपछि कालीगण्डकी करिडोरअन्तर्गतको यो सडक झण्डै दुई सातादेखि अवरुद्ध थियो।

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको यो सडकको मर्मत अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा भने चुनौती देखिएको छ।

अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्दा अस्तव्यस्त हुने र दुर्घटनाको जोखिम रहने भएकाले आइतबारसम्म मर्मतकार्य पूरा गरी सोमबारदेखि यातायात सञ्चालन गर्ने कार्ययोजना बनाइएको जनाइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार