भोटेकोशी बाढी: नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको स्थान, समय र गति

भदौ १० गते भोटेकोशीमा बाढी ल्याउने हिमपहिरो कहाँ, कहिले र कति गतिमा खसेको थियो भन्ने कुरा नेपाली विज्ञहरूको अध्ययनले पत्ता लगाएको छ। भूकम्पविद् लोकविजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा भएको यो अध्ययनमा स्वदेशी तथा विदेशी वैज्ञानिक संलग्न छन्। अधिकारी र सुवेदी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भूकम्पविद् हुन्।
अध्ययनको निष्कर्ष ‘सेस्मिका’ नामको अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा छापिएको छ। अध्ययनअनुसार हिमपहिरो त्यस दिन बिहान ८ बजेर ३७ मिनेट १६ सेकेन्डमा खसेको थियो। नेपाल र चीनमा जडान गरिएका करिब ४५ वटा सेस्मोमिटरले टिपेका उच्च फ्रिक्वेन्सीका तरङ्ग विश्लेषण गरेर यो निष्कर्ष निकालिएको हो।
पहिरो खस्नुभन्दा झन्डै १७ मिनेटअघि सोही क्षेत्रमा करिब २.५ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूभागको उचाइमा ठूलो अन्तर भएकाले पहिरोपछिको बाढी निकै तीव्र वेगमा बगेको अध्ययनले देखाएको छ। सुरुका करिब २५ किलोमिटरमा बाढीको गति प्रतिघन्टा झन्डै १६३ किलोमिटरसम्म पुगेको अध्ययनमा उल्लेख छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

