जलवायु तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी विशेष समितिका सभापति पराजुलीले लिए शपथ

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले शपथ ग्रहण गरेका छन्। बुधबार सिंहदरबारमा उनले शपथ लिएका हुन्।
समितिको पहिलो बैठकले पराजुलीलाई सभापतिमा चयन गरेको थियो।
समितिलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका असर, त्यसबाट प्रभावित समुदायका समस्या तथा विपद् व्यवस्थापनसँग जोडिएका विषयलाई संसदीय तहबाट अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।
सभापति पराजुलीले कार्यादेशअनुसार निर्धारित समयसीमाभित्र तथ्यमा आधारित प्रतिवेदन प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने बताएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


