९ असोज २०८३ English
English

राष्ट्रसङ्घ महासभा: परराष्ट्रमन्त्री खनाल न्युयोर्क पुगे, प्रधानमन्त्री मंगलबार जाने (अपडेट)

· १ मिनेट पढाइ
राष्ट्रसङ्घ महासभा: परराष्ट्रमन्त्री खनाल न्युयोर्क पुगे, प्रधानमन्त्री मंगलबार जाने (अपडेट)
तस्बिर: सेतोपाटी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वको टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ। खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परराष्ट्र मन्त्रालयका अधिकारीसहित उडेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार उनले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रिस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। विभिन्न मुलुकका समकक्षी तथा विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा मन्त्री खनालले नेपालको राष्ट्रिय हित र सरोकारका विषयमा धारणा राख्नेछन्।

प्रधानमन्त्री बालेन्द्र शाह भने उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते मङ्गलबार न्युयोर्क जानुहुनेछ। मन्त्रालयका अनुसार प्रतिनिधिमण्डल १४ सदस्यीय छ, जसमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यन्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित सरकारका वरिष्ठ अधिकारी छन्। प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ। न्युयोर्क बसाइका क्रममा उनले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्।

महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत सामान्य बहस सेप्टेम्बर २२ देखि २८ सम्म चल्नेछ। यस क्रममा विश्वका राष्ट्र तथा सरकार प्रमुखले विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा आफ्ना धारणा राख्नेछन्। प्रधानमन्त्री शाह असोज १० गते र परराष्ट्रमन्त्री खनाल असोज १३ गते स्वदेश फर्कने कार्यक्रम छ।

यो समाचार भिडियोमा

राष्ट्रसङ्घ महासभा: परराष्ट्रमन्त्री खनाल न्युयोर्क पुगे, प्रधानमन्त्री मंगलबार जाने (अपडेट)

स्रोत

सम्बन्धित समाचार